श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

सबै नागरिकलाई १ वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गरिने छ : अर्थमन्त्री पौडेल



काठमाडौं । सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सबै नेपालीलाई १ वर्षभित्र राष्ट्रिय परिचयपत्र गरिसक्ने बताएका छन् ।

उनले सरकारले एक वर्षभित्र सबै नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने प्रतिबद्धता जनाएका छन् । सत्तारुढ दलहरूको न्यनूतम साझा कार्यक्रममा एक वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने उनले उल्लेख गरेका हुन् ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ६ : ०० बजे