बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

सरकार अर्थतन्त्र सुधार गर्ने लक्ष्यका साथ अघि बढेको छ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार अर्थतन्त्र सुधार गर्ने लक्ष्यका साथ अघि बढेको बताएका छन् । उनले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको समन्वयमा अर्थतन्त्रमा देखिएका सबै समस्या समाधान गर्ने गरी काम अघि बढेको बताएका हुन्।

बैंक अफ काठमान्डू र ग्लोबल आइएमई बैंकबीच मर्जरपछिको एकीकृत कारोबारको कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अब डिजिटल र नवप्रवर्द्वनमा सहज गराउने अभियनमा लाग्न आग्रह गरेका छन्।

अर्थतन्त्र तत्काल सुधार गर्न पर्ने देखिएकोले सरकार गठन लगत्तै पहिलो निर्णय यसै सम्‍बन्धी गरिएको उनले बताए । निजी क्षेत्रका चासो र माग सम्बोधन गर्न अर्थ मन्त्रालय र राष्ट्र बैंकसँग हालै छलफल गरेको उनले बताए ।

प्रधानमन्त्रीले मर्जरले ठूला परियोजनामा अब वित्तिय लगानी जुटाउन सहज हुने आशा व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ११ : ३१ बजे