बैशाख ७, २०८१ शुक्रबार Sat Apr 20 2024

गाउँपालिका अध्यक्ष महतोको प्रत्यक्ष निरीक्षणमा अस्पताल भवनको बीम ढलान कार्य सम्पन्न



सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाअन्तर्गत वडा नं. ६ लोदबा कामदको बिलैया बजार नजिक निर्माण भइरहेको अस्पताल भवनको बिम ढलान गर्ने काम आइतबार सम्पन्न भएको छ ।

अस्पतालजस्तो सम्बेदनशील ठाउँको बिम ढलान गर्ने कामको निरीक्षण गाउँपालिका अध्यक्ष राजकुमार महतोले अत्यन्तै ध्यानपूर्वक गरेका थिए । गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत मदन बहादुर थिङ र गाउँपालिकाकाका पुर्वाधार प्राविधिकहरुसहितले त्यसको निरीक्षण गरेका थिए ।

बिम ढलानको गुणस्तर सुनिश्चित गर्न गाउँपलिकाकाका पूर्वाधार प्राविधिकहरु सिबिन्द्र यादव र सन्तोष यादवले ढलान स्थलमा रहेर पूरा समय निगरानी गरेका थिए ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ८ : २४ बजे