श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

कार्यगत एकता गरेर अगाडि बढ्ने जनमत र नागरिक उन्मुक्ति पार्टीको सहमति



काठमाडौँ । रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी र सिके राउत नेतृत्वको जनमत पार्टीले कार्यगत एकता गरेर अगाडि जाने बताएका छन् ।
यी दुई पार्टीबीच कार्यगत एकताका लागि जनमत पार्टीका अध्यक्ष डा। सिके राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले संयुक्त रुपमा सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । उनीहरूले कार्यगत एकताका लागि १२ बुँदै सहमतिहस्ताक्षर गरेका छन् ।

तत्कालीन देउवा सरकारले ल्याएको मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन अध्यादेशलाई संसदबाट कानुनी रूपमा पास गर्न सरकारलाई दवाव दिने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने भन्दै दुवै दल सहमत भएका हुन्। त्यसपछि रेशम चौधरीसँगै टिकापुर घटनाका दोषीलाई रिहाइका गर्न पहल गर्ने जनाइएको छ ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ५ : ३२ बजे