बैशाख ११, २०८१ मंगलबार Tue Apr 23 2024

मोहन्यालको ग्रामीण भेगमा बिजुली पुगेपछि स्थानीय हर्षित



काठमाडौं । कैलालीको मोहन्याल गाउँपालिका भौगोलिक दृष्टिले ग्रामिण भेग भनेर चिनिन्छ । यस गाउँपालिकाको वडा नं. १ अन्तर्गत चायभावरमा पहिलो पटक बिजुली बत्तीको सुविधा पुगेको छ ।

सधैं सोलार र टुकी बत्तीको भरमा दिन गुजारेका चायभावरका स्थानीयवासी पहिलो पटक बिजुली बत्तीको सुविधा पाउँदा खुसीले गदगद भएका छन् । यसरी सोलार र टुकी बत्तीको भरमा दिन काट्न वाध्य चायभावरका स्थानीय बिजुलीको सुविधा पाएपछि हर्षित भएका हुन् ।

गत शनिवार मोहन्याल गाउँपालिकाका कार्यवहाक अध्यक्ष, उपाध्यक्ष र वडा नं. १ अध्यक्ष पिरमबहादुर बुढा क्षेत्री, नेपाल विद्युत् प्राधिकरणका सुदूपश्चिम प्रदेश प्रमुख जंगबहादुर चन्द, भजनी वितरण केन्द्रका प्रमुख शंकर सिंह ठकुरीसहितको उपस्थितिमा बिजुली पु-याउने काम सम्पन्न भएको हो ।

त्यसैगरी नेपाल विद्युत् प्राधिकरण पहलमानपुर वितरण केन्द्रबाट वडा नं. १ का चायभावर, तल्लापानीगायतका गाउँमा बिजुली पु¥याने काममा लागेको वडा नं. १ का अध्यक्ष पिरम बुढा क्षेत्रीले बताएका छन् । गाउँमा बिजुली पुगेपछि स्थानीयवासीमा खुशी छाएको भन्दै अब गाउँ–गाउँ र घर–घरमा बिजुली वितरणको लागि मिटर जडान गरिने वडा अध्यक्ष बुढा क्षेत्रले जानकारी दिएका हुन् ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ९ : १३ बजे