बैशाख १२, २०८१ बुधबार Thu Apr 25 2024

कांग्रेस संसदीय दलको बैठक बस्दै



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज (शनिबार) बस्दै छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज बस्ने गरी बैठक बोलाइएको जानकारी दिए ।

वर्तमान कांग्रेस संसदीय दलको पहिलो बैठक बस्न लागेको हो । बैठक कहाँ बस्ने भन्ने खुलाइएको छैन । बैठकमा संसद बैठकमा कसरी प्रस्तुत हुने, सरकारलाई विश्वासको मत दिनेरनदिनेलगायत विषयमा छलफल हुने जनाइएको छ ।

प्रतिनिधिसभाको नयाँ कार्यकालको बैठक यही पुस २५ गतेदेखि शुरु हुँदैछ । त्यसअघि दलको बैठक बस्न लागेको हो । पुस २६ गते प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यतालिका छ ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ९ : ३२ बजे