बैशाख १३, २०८१ बिहिबार Fri Apr 26 2024

दैलेखको नारायण नगरपालिकाले थाल्यो स्थानीय पाठ्यक्रम



काठमाडौं । दैलेखको नारायण नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेको छ । नगरपालिकाले विद्यार्थीलाई नगरको समग्र अवस्था बारे जानकारी गराउने उद्देश्यले स्थानीय पाठ्यक्रम तयार गरेको हो ।

नगरपालिकाले आधारभुत तह १–८ लाई ‘हाम्रो नारायण नगरपालिका हाम्रो पहिचान’ शीर्षकको १२८ घण्टे पाठ्यक्रम तयार गरेको छ । नेपालको संविधानले स्थानीय पाठ्यक्रमको परिकल्पना गरी निर्माण गर्ने जिम्मेवारी सम्बन्धित स्थानीय तहलाई दिएकाले यसको अभ्यास थालिएको नारायण नगरपालिकाले जनाएको छ ।

नगरको भूगोल, भाषा, संस्कृति, इतिहास, विपद् व्यवस्थापन तथा जीवनउपयोगी सीप समेटेर पाठ्यक्रम निर्माण गरिएको नगरपालिकाका मेयर लोमन शर्माले बताएका छन् । विद्यार्थीलाई नगर के हो ? नारायण नगरमा के छख ? भन्नेबारे बुझाउँदै जनशक्तिलाई नगरप्रति उत्तरदायी बनाइने मेयर शर्माको भनाइ छ ।

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ८ : ०९ बजे