बैशाख ७, २०८१ शुक्रबार Sat Apr 20 2024

नगरपालिकासँग समन्वयकारी भूमिका निर्वाह गर्ने ‘होप ब्रिज’ संस्थाका प्रतिनिधिहरु सम्मानित



काठमाडौं । कैलालीस्थित ‘होप ब्रिज’ नामक संस्थाले लम्किचुहा नगरपालिकासँग समन्वय गरी आफ्नो कार्य अगाडि भएकोमा संस्थाका प्रतिनिधिहरुलाई सम्मान गरिएको छ ।

नगरपालिकासँग समन्वय गरी नगरभित्र काम गर्दै आएको भन्दै संस्थाका प्रतिनिधिहरुलाई नगर प्रमुख सुशीला शाहीले प्रसंशापत्र प्रदान गरेकी हुन् । नगरपालिकाभित्रका संस्थाहरुले सधैं नगरपालिकासँग समन्वय गरी कार्य अगाडि बढाएको प्रति खुशी व्यक्त गर्दै नगर प्रमुख शाहीले प्रसंशापत्र प्रदान गरेको हो ।

सम्मान कार्यक्रममा नगर प्रमुख शाहीले आगामी दिनमा पनि संस्थाले यस्तै समन्वयकारी भूमिका निर्वाह गरी अगाडि बढ्न सुझाएकी थिइन् । नगर प्रमुख शाहीले नगरपालिकासँगको समन्वयकारी भूमिकाले काम गर्न सहज हुनुका साथै एकअर्काप्रति सहयोगी भावनाको विकास हुने पनि बताइकी थिइन् ।

‘होप ब्रिज’ र नगरापकिाले एकाआपसमा समन्वयकारी गरी कार्य अगाडि बढाउँदा नगरपालिकाभित्रका विभिन्न कार्य गर्न सहज हुने पनि कार्यक्रममा बताइएको थियो ।

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  १० : १२ बजे