चैत्र १५, २०८० बिहिबार Fri Mar 29 2024

मोहन्याल र बर्दगोरिया गाउँपालिकाबीच सीमा निर्धारण सम्बन्धी विभिन्न समझदारी



काठमाडौं । कैलालीको बर्दगोरिया गाउँपालिका र मोहन्याल गाउँपालिकाबीच सीमा निर्धारणका लागि महत्त्वपूर्ण सामझधारी गरेको छ । बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवर, उपाध्यक्ष गणेश राज गिरि, प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्की बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम ,वडा नम्बर ३ का अध्यक्ष मनऋषि आचार्य र मोहन्याल गाउँपालिका कार्यबाहक अध्यक्ष तथा उपाध्यक्ष कमल साउद, वडा नम्बर १ का अध्यक्ष प्रेम बुढा, वडा नम्बर ३ का अध्यक्ष नवीन गिरिसहित बर्दगोरियाका इन्जिनियर टंक राज ओझा,सब ईन्जिनियर सुनिल जोशी, असिस्टेन्ट सब इन्जिनियर अभिषेक रिमाल , अमिन पदम भण्डारी , ईलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक महेश विक्रम शाही, रोजगार संयोजक भूमिमप्रसाद शर्मा लगाएतबीच समझदारी भएको हो ।

पछिल्लो समय बर्दगोरिया र मोहन्याल गाउँपालिका क्षेत्रमा नदिजन्य बस्तुको रोयल्टी संकलनका विषयमा सिर्जना भएको विवाद समाधानका लागि दुबै पालिकाका प्रमुख व्यक्तिहरुले संयुक्त अनुगमन गरि विवाद समाधानको महत्त्वपूर्ण समझदारी गरेका हुन । जसअनुसार अबदेखि दुबै पालिकाले आईई र ठेक्का सम्झौता भएका खोलाबाट मात्रै नदिजन्य बस्तुको रोयल्टी संकल्न गर्ने सहमति भएको बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले बताए । उनका अनुसार अब मोहन्याल गाउँपालिकाले आईइ भएको स्थान माथिबाट र बर्दगोरियाले तल्लो आफ्नो क्षेत्रबाट मात्रै यसको रोयल्टी संकल्न गर्नेछ्न ।
मोहन्याल गाउँपालिकाको रोयल्टी संकलन गर्न ठेक्का पाएको कम्पनीले सम्बन्धित पालिका अथवा सम्बन्धित क्षेत्रमा बसेर मात्र संकलन गर्नुपर्ने पनि सहमति भएको छ ।

उक्त सहमति अनुसार अब बर्दगोरियासँग सीमा जोडिएको र ठेक्का सम्झौता भएको मोहन्याल ३ स्थित भैसी मारहाल्ने खोला अन्तर्गत मोहन्याल ३ मा पर्ने माथिल्लो क्षेत्रबाट मात्रै ठेक्का सम्झौता पाएको कम्पनीले नदिजन्य बस्तुको रोयल्टी संकल्न गर्न पाउनेछ भने ठेक्का सम्झौता नभएको मोहन्याल १ अन्तर्गत पर्ने खण्डेखोला क्षेत्रबाट भने रोयल्टी संकल्न गर्न पाउनेछैन।

सीमा क्षेत्र निर्धारणका लागि भने आईई भएका खोला क्षेत्रलाई आधार मानी सीमा कायम गर्ने सहमति भएको मोहन्याल गाउँपालिका कार्यबाहक अध्यक्ष तथा उपाध्यक्ष कमल साउदले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  १० : ४० बजे