चैत्र १५, २०८० बिहिबार Fri Mar 29 2024

चन्द्रनगर गाउँपालिकाद्वारा करारमा कर्मचारी भर्नासम्बन्धी सूचना प्रकाशित



काठमाडौं । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले करार सेवाका लागि विभिन्न पदमा कर्मचारी भर्नासम्बन्धी सूचना प्रकाशित गरेको छ । गाउँपालिकाले मेडिकल अधिकृत, पशु चिकित्सक र कृषि स्नातक पदको लागि सेवा करारमा कर्मचारी भर्नाको लागि सूचना प्रकाशित गरेको हो ।

गाउँपालिकाले विभिन्न पदका कर्मचारीहरु करार सेवाको नियुक्त गर्नाको नागरिक राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरी आवेदन माग गरेको छ । उक्त करार कर्मचारीको लागि योग्यता पुगेका इच्छुक नेपालीहरुले सूचनामा प्रकाशित आवश्यक योग्यताका कागजातसहित आवेदन दिन सक्ने छन् ।

उल्लेखित आवश्यक पदको लागि आवश्यक योग्यता, तालिम र दक्षता सम्बन्धी जानकारी प्रकाशित सूचनामा खुलाइएको छ । आवश्यक योग्यता पुगेका नेपाली नागरिकहरुले देहायका कागजातसहित १५ दिनभित्र रितपूर्वक दरखास्त दिन सक्ने प्रकाशित सूचनामा जनाइएको छ ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  १० : ०६ बजे