२ जेष्ठ २०८३, शनिबार Sun May 17 2026

सातै प्रदेशका देउवा पक्षीय कांग्रेस केन्द्रीय सदस्यहरु छुट्टाछुट्टै बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षीय सातै प्रदेशका केन्द्रीय सदस्यहरु छुट्टाछुट्टै बैठक बस्ने भएका छन् ।

सभापति देउवाले आफू निकटका विश्वासनीय नेताहरुलाई त्यसको समन्वयकारी भूमिका निर्वाह गर्न जिम्मेवारी दिएका छन् । स्थानीय तहदेखि केन्द्रसम्मको टिकट वितरणमा समन्वय गरेका नेताहरुलाई बैठक बोलाउने जिम्मा दिइएको हो ।

‘सभापति देउवा पक्षका सबै केन्द्रीय सदस्यको बैठक बोलाउनुपर्ने माग थियो’, देउवा पक्षीय एक केन्द्रीय सदस्य भन्छन्, ‘धेरै जनाको बैठक बोलाउँदा आरोप प्रत्यारोप झन् बढी होला सोचेर सभापतिले प्रदेश प्रदेशको छुट्टाछुट्टै बैठक गर्न निर्देशन दिनु भएको छ ।’

प्रदेश १ का देउवा पक्षको बैठक बुधबारका लागि बोलाइएको छ । पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई प्रदेश १ का संस्थापन पक्षका केन्द्रीय सदस्यको बैठक गर्न देउवाले निर्देशन दिएका छन् ।

यसरी जिम्मेवारी पाएका देउवा पक्षीय एक नताका अनुसार यसरी जिम्मेवारी पाएका नेताहरुले आफ्नो अनुकूलमा समय मिलाएर प्रदेश बैठक बोलाउन पाउने छन् ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ३ : २० बजे