चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

खुलामञ्चलाई भूमिगत पार्किङ बनाउने निर्णय रोक्न अभियन्ताद्वारा प्रदर्शन



काठमाडौं। खुलामञ्चलाई भूमिगत पार्किङ बनाउने निर्णय रोक्न अभियन्ताहरुको जोडदार माग रहेको छ । उनीहरुले काठमाडौं महानगरपालिकालाई ज्ञापन पत्र बुझाउँदै उक्त निर्णय फिर्ता लिन माग गरेका हुन् ।

अभियान्ताहरुले टुँडिखेललाई पुरानै अवस्थामा फर्काउनुपर्ने माग गर्दै दबाबमूलक अभियान चलाइरहेका छन् । अभियान्ताहरुले भूमिगत पार्किङ बनाउने निर्णय रोक्न माग गर्दै प्रदर्शनसमेत गरेका हुन् ।

महानगरबाट भएको उक्त निर्णयको आलोचना हुँदा समेत आधिकारीक धारणा नआउनु र डिपिआरको कामलाई निरन्तरता दिने काम भएकाले जनप्रतिनिधिहरुलाई ध्यानाकर्षण गराउनुपरेको उनीहरुको भनाई छ । ज्ञापन पत्र बुझाउने क्रममा अभियन्ता एवं कांग्रेस नेता भीमसेनदास प्रधानले अहिले ऐतिहासिक टुँडिखेल र त्यसभित्र रहेको खुलामञ्चलाई संरक्षण गर्नु सवैको दायित्व भएको बताए ।

खुलामञ्चलाई भूमिगत पार्किङको रुपमा प्रयोग गर्दा नजिकै रहेको बीर अस्पताललाई समेत असर पर्ने उनले बताएकी छिन् ।

अभियन्ताहरुको ज्ञापन पत्र बुझ्दै महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सार्वजनिक जग्गालाई सबैले संरक्षण गर्नुपर्ने भन्दै जनताको चाहना विपरित कुनैपनि निर्माण अघि बढाउन नहुने बताएकी छिन् ।

सन् १९६७ मा ५२ प्रतिशत सार्वजनिक खुल्ला क्षेत्र भएको टुँडिखेलको भूभाग अहिले १४ प्रतिशत अतिक्रमण भइसकेको र अझ अतिक्रमित हुने क्रम जारी रहेको भन्दै अभियान्ताहरु आक्रोशित भएका छन् ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ११ : १२ बजे