चैत्र १५, २०८० बिहिबार Fri Mar 29 2024

नयाँ जनप्रतिनिधिको व्यवस्थापनसँगै सुनसान रहने नाढीमन ताल पर्यटकले भरिभराउ



काठमाडौं । सर्लाहीस्थित चन्द्रनगर गाउँपालिकामा पर्ने सुनसान नाढीमन ताल पर्यटकले भरिभराउ भएको छ । यो ताल विगत ५ वर्षदेखि सुनसान अवस्थामा रहँदै आएको थियो ।

धेरैजसो मनसुनमा देखिने यो ताल अंग्रेजी नयाँवर्ष २०२३ को अवसरमा भने आन्तरिक तथा बाह्य पर्यटहरु खचाखच भरिएको देखिन्थ्यो । केही वर्षदेखि व्यवस्थित गर्न थालिएको यो तालमा अंग्रेजी नयाँवर्ष बाहेक अन्य दिनमा पनि पर्यटकको गन्तव्यस्थल बन्न पुगेको थियो ।

सुनसान अवस्थामा रहेको तालको डिलमा भारतीय र स्वदेशी पर्यटक रमाइरहेका देखिन्छन् । अंग्रेजी नयाँ वर्ष मनाउनेहरु अधिकांश भारतीय रहेको र केही मात्रामा नेपाली रहेका छन् । यो तालमा अवलोकनका लागि अन्य दिनमा यसरी नै पर्यटकहरुको भीड लाग्ने हो भने चन्द्रनगर गाउँपालिकाको मुहार फेरिने स्थानीयवासी सुरेन्द्र महतो बताउँछन् ।

यो ताल एकदम रमणीय भएको भारत राज्य बिहार जिल्ला सितामढी बस्ने उदय पटेलले बताए । बिहारको अन्य ठाउँ भन्दा चन्द्रनगरको नाढीताल पर्यटकीय हिसाबले महत्वपूर्ण र समणीय रहेको पटेलको भनाई थियो । यो ताल ग्रामिण भेगमा भएपनि सुविधा सम्पन्न भएको भन्दै आफुले आउँदा वर्षमा पनि यो यात्रालाई सम्झने अर्का भारतीय नागरिक चन्द्रशेखर यादवले बताए।

यो प्राकृतिक ताल हो भन्दै यसको आफैमा छुटै पहिचान रहेको आन्तरिक पर्यटक मिरगेन्द्र विक्रम साहले बताए । प्राकृतिक सौन्दर्यले भरिपूर्ण यसको तालको संरक्षण र सम्वद्र्धनका लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने उनको सुझाव थियो ।

चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले आफूले नाढीमन तालको विकासको लागि हर सम्भव प्रयास गरिरहेको बताए । उनले भारतीय पर्यटक तथा आन्तरिक सदरमुकाम मलंगवा लगायत विभिन्न ठाउँको पर्यटक भित्राउनन वर्षौ देखि रहेको जिर्ण बाटोलाई मर्मत गरी सुचारु गराएको जानकारी दिए ।

चन्द्रनगरदेखि सदरमुकाम मलंगवा जोडने बाटो बाढीले गर्दा खोलामा परिणत भएको भन्दै बाटो मर्मत पश्चात आज पर्यटकको भिडनै लागेको अध्यक्ष महतोले दाबी गरे । अब क्रमश नाढीताल विकासको लागि आफु अघि बढने अध्यक्ष महतोले बताए ।

२०७४ सालमा निर्वाचित जनप्रतिनिधिहरुले समयमै नाढीमन ताललाई उचित व्यवस्थापन नगरेका पर्यटकीय आकर्षण घटेको थियो । अर्को कारण बागमती नगरपालिकामा निर्माण धिन भरत तालले चिनिने माछा पोखरीका कारण पनि पर्यटक घटेको स्थानीयको भनाइ छ । पहिलाका जनप्रतिनिधिले तालको व्यवस्था नगर्दा महत्व घटेको थियो ।

तर, अहिले नयाँ जनप्रतिनिधिहरु निर्वाचित भएर यस तालको संरक्षण र सम्वद्र्धन गर्न थालेपछि पर्यटकहरु आउन थालेको स्थानीयवासीको बुझाइ छ ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  २ : १४ बजे