श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

बागमती प्रदेश सभाको पहिलो बैठक बस्दै



काठमाडौं । बागमती प्रदेशसभाको पहिलो बैठक आज बस्दैछ । ४ मंसिरमा भएको निर्वाचनपछि पहिलोपटक सोमबार दिउँसो १ बजे बैठक बस्न लागेको हो।

बैठक संचालनको लागि बिहान ८ बजेको लागि सर्वदलीय बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए। उनका अनुसार, प्रदेशसभाको बैठकमा प्रस्तुत हुने कार्यसूचीको विषयमा छलफल गर्न र बैठकको लागि आवश्यक कार्यसूची तयार गर्ने विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो।

प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा), हाम्रो नेपाली पार्टी समेत गरी ११० जना प्रदेशसभाका सदस्यहरुको प्रदेशसभामा प्रतिनिधित्व छ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ९ : ५८ बजे