बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

मधेश प्रदेश सभाको पहिलो अधिवेशन आजदेखि सुरु



जनकपुरधाम ।मधेश प्रदेश सभाको पहिलो अधिवेशन आजदेखि सुरु हुँदैछ।

नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम पुस १८ गते सोमबार दिउँसो १ बजेका लागि अधिवेशन बोलाइएको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्ल ख छ।

मधेश प्रदेशमा कुल सांसदको संख्या १०७ रहेको छ। मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट नेकपा एमालेले प्रत्यक्षमा १५ र समानुपातिक ८ गरी २३ सिट प्राप्त गरी मधेश प्रदेशको पहिलो दल सफल भएको छ।

यसैगरी, नेपाली कांग्रेस प्रत्यक्षमा १३ र समानुपातिकमा ९ गरी २२ सिट प्राप्त गरी दोस्रो, जनता समाजवादी पार्टी प्रत्यक्षमा ९ र समानुपातिकमा ७ गरी १६ सिट प्राप्त गरी तेस्रो, जनमत पार्टी प्रत्यक्षमा ६ र समानुपातिकमा ७ गरी १३ सिटसहित चौथो दल बनेको छ।

यस्तै, लोसपाले प्रत्यक्षमा ७ र समानुपातिकमा २ गरी ९ सिट पाएर पाँचौँ, माओवादी केन्द्र प्रत्यक्षमा ४ र समानुपातिकमा ४ गरी ८ सिट पाएर छैठौं तथा एकीकृत समाजवादी प्रत्यक्षमा ४ र समानुपातिकमा ३ गरी ७ सिट पाएर सातौँ दल बनेको छ।

मधेश प्रदेशसभामा राप्रपा, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले समानुपातिकमा १–१ सिट पाएका छन् भने यसपटक ६ जना स्वतन्त्र उम्मेदवारहरू पनि निर्वाचित भएका छन्।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ९ : ५० बजे