४ बैशाख २०८३, शुक्रबार Fri Apr 17 2026

कास्कीमा आगलागी परी पूर्ववडाध्यक्षको मृत्यु



कास्की। आइतबार राति घरमा भएको आगलागीमा परेर कास्कीमा एक जना निवर्तमान वडाध्यक्षको मृत्यु भएको छ।

उनी जिल्लाको मादी गाउँपालिका–१ सिक्लेसका निवर्तमान वडाध्यक्ष ७१ वर्षीय सुरज कुमार गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञान बहादुर खड्काले बताए। ​

आगलागी कसरी सुरु भएको भन्ने बारेमा केही पनि नखुलेको तथा राति नै घटनास्थलमा पुगेको प्रहरीले यस बारेमा अनुसन्धान गरिरहेको इन्स्पेक्टर खड्काले बताए।

नेकपा एमालेका तर्फबाट विजयी बनेका पूर्ववडाध्यक्ष गुरुङको घरमा के कसरी आगलागी भयो भन्ने बारेमा यकिन हुन सकेको छैन। तर बिद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने आशङ्का स्थानीय बासिन्दाहरूले गरेका छन्।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ९ : ४८ बजे