चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

प्रधानमन्त्री प्रचण्डद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । यहाँ आज आयोजित भव्य कार्यक्रमकाबीच उनले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको औपचारिकरुपमा उद्घाटन गरेका हुन् ।

विमानस्थल उद्घाटनका लागि प्रधानमन्त्री दाहाल आज बिहान राजधानी काठमाडौँबाट पोखरा आइपुगेका हुन् । उनका साथमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल समेत उपस्थित रहेका छन ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ३ : १८ बजे