श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

हरि चुमानलाई गण्डकी संसदीय दलको नेता बनाउने माओवादीको निर्णय



काठमाडौं । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश संसदीय दलको नेता हरिबहादुर चुमानलाई बनाउने निर्णय गरेको छ ।

शनिबार र आइतबार बिहान बसेको माओवादी प्रदेश कमिटी बैठकले पार्टीको केन्द्रीय कमिटीको सल्लाहमा चुमानलाई सर्वसम्मत दलको नेता बनाउने निर्णय गरेकोे छ ।

‘प्रदेश कमिटी इन्चार्ज हितराज पाण्डेका अनुसार पार्टीले मात्र निर्णय गरेकाले दलको बैठक बसेर औपचारिक निर्णय गर्न बाँकी रहेको छ ’ , ‘आजै संसदीय दलको बैठक छ, त्यहाँ चुमानलाई सर्वसम्मत गराउन प्रस्ताव बैठकमा जाने भएको छ ।

माओवादी संसदीय दलमा गोरखाका कृष्ण धितालले पनि दाबी गरेपछि सो विषयको निष्कर्षमा पुग्न नसकेको हो ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  १२ : २५ बजे