बैशाख ११, २०८१ मंगलबार Wed Apr 24 2024

चीनद्वारा हुम्लाको नाम्खा गाउँपालिकालाई स्काभेटर सहयोग प्रदान



काठमाडौं । चीनले हुम्ला जिल्लाको नाम्खा गाउँपालिकालाई स्काभेटर सहयोग प्रदान गरेको छ । गत शुक्रबार छिमेकी राष्ट्र चिनियाँ सरकारले नाम्खा गाउँपालिकालाई स्काभेटर सहयोग गरेको हो ।

नेपाल–चीन सिमाना नाम्खा गाउँपालिकामै पर्ने हिल्सा नाकाबाट स्काभेटर ल्याइएको गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामाले बताएका छन् । उक्त नाका कोरोना महामारीका बेला बन्द हुँदै आएको थियो ।

उपाध्यक्ष लामाले चीन सरकारले पालिकालाई सडक निर्माणका लागि अन्य सहयोग पनि गर्ने बताएका छन् ।
उनले भने, ‘पालिकाको तीनचार वटा गाउँमा रिङरोड जोड्न बाँकी । हमाल गाउँ, च्यादु, चाला लगायतका गाउँ रहेका छन्। अब ती गाउँमा पनि तत्कालै सडक सञ्जालमा जोडिने छन् ।’

उनले थपे, ‘नाम्खा गाउँपालिका–६ लिमीको बाटो हिउँले गर्दा मंसिरबाट बन्द भईसकेको छ । हिउँले गर्दा सडकमा थप समस्या बढेको छ । चीनसँग जोडिएको हिल्सा नाकाको न्यानो डाँडा पाँच हजार १ सय मिटरको उचाई भएकोले त्यहाँको हिउँ नहटाएसम्म बाटो हुँदैन । त्यो बाटो बनाउनका लागि चैत, वैशाखसम्म कुर्नुपर्ने हुन्थ्यो । सडक बनेपनि हिउँ नपन्छाएसम्म सडक सञ्चलानमा नआउने समस्या थियो ।’

उपाध्यक्ष लामाले चीन सरकारले स्काभेटर सहयोग गरेपछि जतिबेला पनि हिउँ पन्छाएर सडक सञ्चालनमा ल्यान सकिने भएकाले ठूलो रहात मिलेको भन्दै खुशी व्यक्त गरे। उनले गाउँपालिकालाई फाइदा भएको बताए।

यस्तै, उपाध्यक्ष लामाले नेपाल–चीन सिमाना हिल्सा नाका हुँदै परराष्ट्र मन्त्रालयको समन्वयमा स्काभेटर आएको बताए । पराराष्ट्र मन्त्रालयबाट चीन सरकारलाई स्काभेटरका लागि पूर्व पालिका अध्यक्ष÷उपाध्यक्षले पहल गरेका थिए ।

बझाङको तलकोट गाउँपालिका, मुगुको मुगुम कार्मारोंग गाउँपालिका पूर्व तिरका चीनसँग सीमा छोएका गाउँपालिकालाई चीन सरकारले विकास निर्माणका लागि सहयोग गरेको छ ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ९ : १२ बजे