४ बैशाख २०८३, शुक्रबार Fri Apr 17 2026

भक्तपुर नगरपालिकाले वडैपिच्छे श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गर्ने



काठमाडौं । भक्तपुर नगरपालिकाका वडैपिच्छे श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य शिविर सञ्चालन‍ गर्ने भएको छ ।

त्यसको लागि भक्तपुर नगरपालिकाका ९ वटा कार्यालयमा सेवा थाल्ने भएको हो।

बढ्दो उमेरसँगै मानिसमा विभिन्न खाले स्वास्थ्य समस्या हुने भन्दै उक्त समस्याबाट जोगाउन नगरपालिकाले सबै वडामा स्वास्थ्य शिविर सञ्चालन गर्न थालेको बताइएको छ।

नगरपालिकाले सञ्चालन गरेको ख्वप अस्पतालसँगैको श्वासप्रश्वास पुनर्स्थापना केन्द्रमा फिजियोथेरापीका लागि सहजीकरण गर्ने उद्देश्य राखिएको छ।

वडाले शुक्रबार वडाको वाकुपति नारायणस्थानमा शिविर सम्पन्न गरेको छ। वडाध्यक्ष रवीन्द्र ज्याख्वले जाडो मौसममा जेष्ठ नागरिकलाई हुने श्वासप्रश्वास सम्बन्धी समस्या पहिचान गरी आवश्यक परामर्श दिन शिविर सञ्चालन गरिएको बताए।

ख्वप अस्पतालका जनरल मेडिकल फिजिसियन डाक्टर बालकृष्ण चांगुभारीले शिविरमा ६० वर्ष पूरा भएका नागरिकले फिजियोथेरापीका लागि श्वासप्रश्वास पुनःस्थापना केन्द्रमा सम्पर्क राख्ने बताएका छन् ।

नगरपालिकाले सञ्चालन गरेको स्वास्थ्य शिविरमा वडा नं ७, ८, ९ र १० का गरी एक सय ३७ जनाले स्वास्थ्य परीक्षण गराएको बताइएको छ ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ९ : १० बजे