४ बैशाख २०८३, शुक्रबार Fri Apr 17 2026

बाजुराको बूढीनन्दा नगरपालिका कार्यालयमा आगजनी



काठमाडौं । बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिकाको कार्यालयमा आगजनी गरिएको छ । नगरपालिकाको मुलढोका अगाडि राखिएको जेनेटरमा आगो लगाई क्षतिग्रस्त बताइएको हो ।

नगरपालिकाको नयाँ भवन अगाडि राखिएको जिआइजेट संस्थाको गाडी तोडफोड गरिएको छ । रातको समयमा आगजनी गरिएकाले त्यसको कसले अगजनी गर्‍यो भनी खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जनाएका छन्।

नगरप्रमुख जनककुमार बोहोराले भने नगरपालिकाले गरेको राम्रो काम देख्न नसक्नेहरुले आगजनी र तोडफोड गरेको हुनुपर्ने बताएका छन् ।

नगरपालिकाको प्राविधिक फाँटबाट केही महिनापहिला ल्यापटवलगाएतका सामान चोरी भएको थियो । हिजो प्राविधिकतर्फका कर्मचारीको परीक्षा थियो । त्यसमा प्रतिस्पर्धा गर्न नसक्ने व्यक्तिहरुले यो आगजनी गरेको हुन्सक्ने बोहोराले बताएका छन् ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ९ : ०९ बजे