बैशाख १३, २०८१ बिहिबार Thu Apr 25 2024

एमाले नेता वुद्धिमान परियार भारतीय साहित्य एकेडेमीद्वारा सम्मानित



काठमाडौं । एमाले नेता वुद्धिमान परियारलाई भारतीय दलित साहित्य एकेडेमीले सम्मानित गरेको छ । परियार राष्ट्रिय दलित आयोगका पूर्व–सदस्य पनि हुन् । एकाडेमीले उनलाई ‘डा. अम्बेदकर ब्रदरहुड इन्टरनेसनल अवार्ड २०२२’ बाट सम्मानित गरेको हो ।

परियार लामो समयदेखि समाजमा दलितहरूको हक, हित र अधिकारका लागि आवाज बुलन्द गर्दै आएका छन् । आउँदा दिनमा पनि त्यसैगरी दलितका हक, हित र अधिकारका लागि लाग्नको लागि अभिप्रेरित गर्न उनलाई सम्मान गरिएको हो ।

विद्यार्थी जीवनबाटै नेकपा एमालेमा आवद्ध परियार हाल नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा प्रदेश नं।१ को नेकपा एमाले प्रदेश कमिटी सदस्यसमेत रहेका छन् ।

भारतमा जातीय विभेद हटाउनका लागि डा। अम्बेदकर एक कुशल नेतृत्व कर्ता हुन् । उनले भारतीय संविधान निर्माणमा समेत जातीय विभेद हटाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ५ : ५४ बजे