२ बैशाख २०८३, बुधबार Wed Apr 15 2026

वालिङमा सुविधासम्पन्न बसपार्क निर्माण गरिँदै



काठमाडौं । स्याङ्जाको वालिङ बजारको शीतलनगरमा नमूना बसपार्क बनाइने भएको छ । स्मार्ट सिटीका रूपमा परिचित वालिङ् नगरपालिकाले १५ करोड हाराहारी लागतमा पार्क निर्माण गर्न लागेको हो। बसपार्क निर्माणसँगै व्यवस्थित सवारी पार्किङको सुविधा व्यवस्था हुने बताइएको छ।

वालिङ बना। व्यवस्थित पार्किङ अभावले समस्या उत्पन्न हुँदै आएको थियो। सडक छेउछाउमै सवारी साधन पार्किङ्ले बजार क्षेत्र खचाखच भएको थियो ।

नगरपालिकाले बसपार्कका लागि विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार पारेको जनाएको छ । बसपार्क निर्माणका लागि शहरी विकास कोषको ९० र वालिङ नगरपालिकाको १० प्रतिशत लगानीमा डीपीआर तयार पारिएको नगरप्रमुख कृष्ण खाँणले बताएका छन् ।

पार्कको टर्मिनल भवन, घेरा पर्खाल, वर्कशप, आन्तरिक बाटो लगायत सम्पूर्ण निर्माणको लागि १४ करोड ४१ लाख रुपैयाँ बजेट अनुमान छ। यसका लागि शहरी विकास कोषबाट ८० प्रतिशत ऋण र वालिङको २० प्रतिशत लगानीमा काम सम्पन्न हुने अनुमान छ ।
बसपार्क निर्माण कार्य केन्द्र र प्रदेश सरकारको सहयोगमा अगाडि बढाइन लागिएको छ ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ५ : ५१ बजे