बैशाख १४, २०८१ शुक्रबार Fri Apr 26 2024

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमाको निधन



काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हीराबेन मोदीको निधन भएको छ ।

प्रधानमन्त्री मोदीले आफ्नी आमाको निधन भएको जानकारी दिएका हुन् । उनले सामाजिक संजाल मार्फत एक शानदार शताब्दीको ईश्वरको चरणमा विराम भएको उल्लेख गरेका छन् ।

मोदीले लेखेका छन्( ‘एक गौरवशाली शताब्दी भगवानको चरणमा विराम‘ आमामा मैले सधैं त्यो त्रिमूर्ति महसुस गरेको छु, जसमा तपस्वीको यात्रा, निस्वार्थ कर्मयोगीको प्रतीक र मूल्य मान्यतामा प्रतिबद्ध जीवन रह्यो ।’

हीराबेन सय बर्षको उमेरमा निधन भएको हो । उनी अस्वस्थ भएपछि केहि दिनअघि मात्र अहमदावादस्थित अस्पताल भर्ना गरिएको थियो ।

गत जुन १८ मा मोदीले आफ्नी आमाको १००औ जन्मदिन मनाएका थिए ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ९ : ४१ बजे