बैशाख ६, २०८१ बिहिबार Fri Apr 19 2024

मोहन्याल गाउँपालिकाको कार्यालय चोसेकाँडामा राख्ने निर्णय



काठमाडौं । कैलालीको मोहन्याल गाउँपालिकाको कार्यालय चोसेकाँडामा राख्ने निर्णय भएको छ । गाउँपालिकाका कार्यवहाक अध्यक्ष कमल बहादुर साउँदको अध्यक्षतामा बसेको मोहन्याल गाउँ कार्यपालिकाको बैठकले वार्ड नं १ स्थित चोसेकाँडामा कार्यालय राख्ने निर्णय गरेको हो ।

सो गाउँपालिकाको कार्यालय चासेकाँडामा राख्ने विषयमा बहुमतले निर्णय गरेको हो । उक्त गाउँपालिकाको कार्यालय राख्ने विषयमा विगत ६ वर्षदेखि विवाद हुँदै आएको थियो ।

यसरी लामो समयदेखि विवादमा पर्दै आएको कार्यालय विषयमा गाउँपालिका अध्यक्षको कमलबहादुर साउँदको अध्यक्षतामा सम्पन्न बैठकले विगत ६ वर्षदेखि गर्न नसकेको काम गर्न सफल भएकोमा जनताले धन्यवाद दिएका छन् ।

यसरी मोहन्यालका जनताको चाहना अनुसार काम गर्न सफल भएकोमा कार्यबहाक अध्यक्ष साउँद धन्यवादको पात्र बनेका हुन् । किन भने उनले विगत ६ वर्षदेखि निवर्तमान गाउँपालिका अध्यक्षले गर्न नसकेको काम सबैको समर्थनमा बहुमतले पारित गराएका छन् ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  ६ : २५ बजे