श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

रास्कोटमा अप्टिकल फाइबर सञ्चालनमा आउदैँ



कालीकोट । कालीकोटको रास्कोट नगरपालिकामा अप्टिकल फाइबरबाट इन्टरनेट सञ्चालनमा आउने भएको छ । रास्कोट नगरपालिकामा इन्टरनेट भरपर्दो बनाउनका लागि अप्टिकल फाइबरबाट इन्टरनेट सञ्चालनमा आउने भएको हो।

रास्कोट नगरपालिकाको मुकाम आरसिपी बजारमा वर्डलिङ्कले अप्टिकल फाइबर इन्टरनेट सञ्चालनमा ल्याउन लागेको छ। पछिल्लो समय फाइबर इन्टरनेट एकदमै लोकप्रिय हुँदै गएको र अहिले फाइबर इन्टरनेटको माग बढ्दै गइरहेको अवस्थामा रास्कोट नगरपालिकालाई प्रविधिमैत्री बनाउनका लागि फाइबर नेट जडान गर्न लागिएको रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाही (पोषण) ले जानकारी दिए।

“अरु माध्यमभन्दा फाइबर इन्टरनेटको गती राम्रो हुने भएकाले जडान गर्न लागिएको हो।” उनले भने, “अबका केही दिनमा रास्कोट नगरपालिकामा जडान हुनेछ।”

नगरपालिकालाई प्रविधिमैत्री बनाउनका लागि फाइबर नेट जडान हुने र यसले विद्यालय, सरकारी कार्यालय र निजी क्षेत्रलाई सेवा लिने प्रमुख शाहीले जानकारी दिए।

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  ५ : ०३ बजे