श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

पुस २७ गते सार्वजनिक बिदा दिन प्रधानमन्त्री प्रचण्डलाई राप्रपाको आग्रह



काठमाडौं । प्रधानमन्त्री प्रचण्डलाई पुस २७ गते सार्वजनिक बिदा दिन राप्रपाले आग्रह गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेर राप्रपा सरकारमा सहभागी हुन राजी भएको हो । सरकारका न्यूनतम साझा कार्यक्रममा आफूहरूका एजेण्डा समेटिए सरकारमा सहभागी हुने राप्रपाले बताएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको सत्तारुढ चारदलको बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनले सरकारमा सहभागी हुन यस्तो शर्त राखेको हो । बैठकमा पुस २७ गतेलाई पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको रुपमा मनाउँदै सार्वजनिक बिदा दिनुपर्नेलगायत शर्त राखेको छ ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  १ : ५१ बजे