बैशाख १४, २०८१ शुक्रबार Sat Apr 27 2024

जापानमा कोरोनाबाट एकैदिन साढे ४ सय जनाको मृत्यु



काठमाडौं । चीनमा कोरोना संक्रमण बढेको केही दिनमा जापानमा पनि तीव्र रुपमा संक्रमण फैलिएको छ ।

जापानमा बुधबार मात्रै झण्डै साढे ४ सय मानिसको कोरोना संक्रमणबाट मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । हिजो २ लाख १६ हजार मानिसमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

जसमध्ये २० हजार २ सय ४३ केश राजधानी टोक्योमा मात्रै भेटिएका थिए । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओका अनुसार पछिल्लो एक हप्तामा चीनपछि सबैभन्दा बढी जापानमा कोरोना संक्रमण फैलिएको छ ।

कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि र मृत्यु हुनेको संख्या पनि अचानक बढेपछि जापान सरकारले लकडाउन लगायतका विकल्पमा छलफल सुरु गरेको छ । उता चीनीले भने शून्य कोभिड नीति बन्द गरेर प्रतिबन्धहरु खुकुलो पारेको छ ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  ९ : ५४ बजे