श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

महान्यायाधिवक्तामा डा. पोखरेल नियुक्त



काठमाडौं । अधिवक्ता डा. दिनमणि पोखरेल महान्यायाधिवक्ता पदमा नियुक्त भएका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई महान्यायाधिवक्तामा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा ९२० बमोजिम उनलाई सो पदमा नियुक्त गरिएको हो । डा। पोखरेल प्युठानको झिमरूक गाउँपालिका–४ निवासी हुन् ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ४ : ४४ बजे