३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

जसपा संसदीय दलको निर्वाचन आज हुँदै



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले बुधबार संसदीय दलको नेता चयन गर्दै छ। यसका लागि दिउँसो २ः३० देखि ३स्३० बजेसम्म मतदान हुनेछ।

यसअघि बिहान ११ देखि १२ बजेसम्म उम्मेदवारको मननोयन पत्र दर्ता गर्ने समय तोकिएको छ । यस्तै, १२ः३० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन, १स्३० बजेसम्म नाम फिर्ता लिने र २ बजेसम्म दाबीविरोधका लागि समय निर्धारण गरिएको छ ।

मतरिणाम बुधबार नै सार्वजनिक गर्ने निर्वाचन कार्यतालिका छ। जसपाले यसअघि नै नेता मिथिलेशकुमार सिंहको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठबन गरिसकेको छ। संसदीय दल निर्वाचन समिति सदस्यमा अर्जुन थापा र दीपेन्द्र झा छन् ।

दलको नेतामा अशोक राईसँगै राजकिशोर यादवले दाबी गरेका छन्। अध्यक्ष उपेन्द्र यादव आम निर्वाचनमा पराजित भएका थिए । प्रतिनिधिसभामा जसपाका १२ सांसद छन्।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ९ : २८ बजे