श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

देउवाले पर्सी बिहीबार मात्रै प्रधानमन्त्री निवास छाड्ने



काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार मात्रै प्रधानमन्त्री निवास छाड्ने भएका छन् । देउवाका स्वकीय सचिव भानु देउवाले धुम्बाराहीमा भेटिएको नयाँ घर रंगरोगन हुँदै गरेकाले बिहीबार मात्रै प्रधानमन्त्री छाडिने बताएका हुन् ।

एकाएक माओवादी केन्द्रले गठबन्धन तोडेपछि प्रधानमन्त्री बन्न ठिक्क परेका देउवा प्रतिपक्ष दलका नेता बनेका हुन् । गत आइतबार एमालेसहितका सात दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि देउवाले बालुवाटारस्थित प्रधानमन्त्री निवास छाड्नु परेको हो ।

देउवाले प्रधानमन्त्री निवास नछाडेकाले सोमबार प्रधानमन्त्रीको शपथ लिएका प्रचण्ड आफ्नो निजी निवास खुमलटारतिरै लागेका छन् । देउवाको बूढानीलकण्ठमा रहेको निजी घर मर्मत भइरहेकाले बालुवाटार छाड्न ढिलो भएको उनका निजी सचिव भानु देउवाले जानकारी गराएका छन् ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ४ : २० बजे