३ श्रावण २०८३, आइतबार Mon Jul 20 2026

जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले उद्योग मन्त्री पाउने, सिके राउत मन्त्री नबन्ने



काठमाडौं। जनमत पार्टीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने भएको छ।

जनमतका अध्यक्ष सीके राउतका अनुसार पार्टी उपाध्यक्ष अब्दुल खानले उद्योग मन्त्रालय सम्हाल्नेछन्।

संसद भवन बानेश्वरमा बसेको सत्ता साझेदार दलहरूको बैठकपछि राउतले आफू सरकारमा सहभागी नहुने बताए।

एमाले अध्यक्ष केपी शर्मा ओलीसहित सात दलको समर्थनमा तेस्रो पटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेका छन्।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ४ : २१ बजे