श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

प्रधानमन्त्री प्रचण्डलाई देउवाको बधाई



काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई दिएका छन्। देउवाले प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि टेलिफोनमार्फत बधाई दिएका हुन्।

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले प्रचण्डलाई देउवाले बधाई दिएको जानकारी दिएका हुन् ।

बालुवाटारमा देउवासमक्ष आफूलाई प्रधानमन्त्री बनाउन प्रचण्डले गरेको प्रस्ताव अस्वीकार गरेपछि उनी बालकोट पुगेका थिए। लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको समर्थनमा ‘प्रचण्ड’तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन्।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ११ : ४७ बजे