श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

प्रचण्ड ७ दलको समर्थनसहित तेस्रो पटक प्रधानमन्त्री बन्दै



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ७ दलको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा १६७ सांसदसहित प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन् । जसमा नेकपा एमालेको ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टीका १२, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका ४ र अमरेशकुमार सिंहसहित १६७ सांसदले समर्थन गरेका छन्।

प्रधानमन्त्रीमा उनको मात्र दावी परेको छ । यससँगै प्रधानमन्त्रीको रुपमा प्रचण्डलाई आजै नियुक्तिपछि शपथ गराउने तयारी गरिएको छ । आजै प्रधानमन्त्रीमा नियुक्ति गरेर शपथको तयारी गरिएको शितल निवास स्रोतले जानकारी दिएको छ ।

प्रचण्ड अब तेस्रो पटकसहित मुलुकको ४४ औं प्रधानमन्त्री बन्ने भएका छन्।

सात दलबीच भएको सहमति अनुसार एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आधा आधा कार्यकाल प्रधानमन्त्री हुने भएका छन्।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ६ : ५० बजे