बैशाख १२, २०८१ बुधबार Wed Apr 24 2024

घरमालिकद्वारा गरियो श्रमिकको चरम यातानासहित हत्या



काठमाडौं । महोत्तरीको सम्सी गाउँपालिकामा एक श्रमिकको चरम यातानासहित हत्या गरिएको छ । सम्सी गाउँपलिका– २ परसा देवाडमाका ३५ वर्षीय एक श्रमिकको अब्दुल सलाम शेषले आफ्नो घरमा काम गर्ने ४९ वर्षीय खुर्सैद अन्सारीलाई चरम यातना दिएका थिए । ती श्रमिकको घर मालिक अब्दुल सलाम शेषले हत्या गरेको प्रहरीले जनाएको हो ।

शेषले अन्सारीलाई किराना पसलको लागि केही सामान किन्न पैसा दिएका थिए । तर, अन्सारी पसलको लागि सामान नल्यार पैसा आफ्नै काममा खर्च गरेका थिए । यसरी पसलको सामान किन्न दिएको पैसा कामदारले आफ्नो कामको लागि खर्च गरेपछि सो आक्रोशमा शेषले कामदारको हातखुट्टा बाँधेर चरम यातना दिएपछि अन्सारीको मृत्यु भएको मृतकका भाइ जमसैद अन्सारीले जानकारी दिएका छन् ।

शेषले कामदारलाई चरम यातना दिएर घरबाट बाहिर उत्याएको देखेपछि छिमेकीले आफन्तलाई खबर गरेका थिए । उनका आफन्तले उपचारका लागि जानकी हेल्थ केयर एण्ड एकेडमीका लगेका थिए । त्यहाँ उपचार नभएपछि थप उपचारको लागि अन्सारीलाई जानकी हेल्थ केयरकै जनकपुरधामस्थ्ति अस्पतालमा पु¥याएका थिए । उपचारको क्रममा अन्सारीको मृत्यु भएको प्रहरीले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले कामदार अन्सारीलाई यातना दिएकै दिन अशेषलाई प्रहरीले पक्राउ गरिएको बताएका हुन् । यातना दिएको भिडियोसमेत आफूहरूले बरामद गरेको बताउँदै उनले भने, ‘शेषलाई पक्राउ गरी ज्यान मार्ने उद्योग मुद्दा चलाएर कारबाही पक्रिया अगाडि बढाएको थियौँ । अब कर्तव्य ज्यान मुद्दा पनि चलाउँछौँ ।’ मृतक श्रमिकको शव पोस्मार्टमको लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ६ : १३ बजे