बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

देउवाले गरे ओलीसँग फोनवार्ता



काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग फोनवार्ता गरेका छन् ।

देउवाले ओलीलाई कांग्रेस(एमाले मिलेर सरकार बनाउन प्रस्तावसमेत गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार भएको सत्ता गठबन्धनको बैठकबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बाहिरिएसँगै देउवाले ओलीसँग फोन संवाद गरेका हुन् ।

सत्ता गठबन्धनसँग कुरा नमिलेपछि माओवादी अध्यक्ष दाहाल सरकार निर्माणका लागि छलफल गर्न भन्दै ओलीनिवास बालुवाटार पुगेका थिए ।

राष्ट्रपति भण्डारीले बहुमतसहितको सरकारको नेतृत्वमा दाबी गर्न दिएको समय सीमा आइतबार ५ बजे सकिँदै छ ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ३ : ४२ बजे