२५ आश्विन २०८३, आइतबार Sun Oct 11 2026

प्रचण्डले कुनै सल्लाह नगरी बालकोट गए : माधव नेपाल



काठमाडौं । सत्ता गठबन्धन टुटेपछि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको बैठक जारी छ। पार्टी कार्यालय आलोकनगरमा जारी बैठकमा अध्यक्ष नेपालले गठबन्धनको बैठकबारे बिफ्रिङ गरिरहेका छन् ।

उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूसँग कुनै छलफल नगरी बालकोट भएको बताएका छन् ।

अध्यक्ष नेपालको भनाइ उदृत गर्दै एक नेताले भने, ‘प्रचण्डले कुनै सल्लाह नगरी गए त्यसैले हामीले अब प्रतिपक्षमा बस्नु उपयुक्त हुन्छ ।’

बैठकमा उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे, महासचिव बेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला, विजय पौडेल र कृष्णबहादुर श्रेष्ठ (किसान)लगायतका नेताहरू छन् ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ३ : ३२ बजे