४ बैशाख २०८३, शुक्रबार Sat Apr 18 2026

नेपाल दूरसञ्चार प्राधिकरणद्वारा मोबाइल फोनहरु पुस १५ गतेभित्र दर्ता गर्न आह्वान



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आगामी पुस १५ देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा ल्याउने जनाएको छ ।

प्राधिकरणले आज (शनिबार) एक सूचना जारी गर्दै भन्सारमा घोषणा नभएका मोबाइल फोनहरु पुस १५ गतेभित्र दर्ता गर्न आह्वान गरेको हो ।

मोबाइल सेटको गैरकानूनी आयात, विक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्र्याकिङ र ब्लकिङ गर्न प्राधिकरणले यसअघि परीक्षणको रूपमा एमडीएमएस लागू गरेको थियो ।

विदेशबाट आउने नेपालीहरूले निजी प्रयोगका लागि आफ्नो साथमा ल्याएका (एमडीएमएस प्रणालीमा दर्ता नभएका वा नेपालमा मिति २०७९ भाद्रभन्दा अगाडि प्रयोगमा नरहेका) मोबाइल सेटहरूको (१५ म्ष्नष्त को क्ष्ःभ्क्ष् नम्बर सहितको) भन्सार घोषणा गरी भन्सार ऐन, २०६४ अनुसार भन्सार कार्यालयबाट प्रज्ञापन पत्र लिई प्रणालीमा अद्यावधिक गर्न प्राधिकरणको अनुरोध छ ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ९ : ३७ बजे