बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

गण्डकी प्रदेश सांसदको सपथ ग्रहण पुस १४ गते हुने



काठमाडांै । गण्डकी प्रदेशबाट नवनिर्वाचित प्रदेश सांसदहरुकोे शपथ ग्रहण आगामी पुस १४ गते हुुँदैछ । नवनिर्वाचित सांसदहरुले शपथ लिएपछि प्रदेशसभा बैठक, सरकार गठनको पक्रिया अघि बढ्छ । गण्डकी प्रदेशसभामा ६० जना सांसदहरु रहेका छन् । अबको प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीको प्रतिनिधित्व हुने छ ।

प्रदेशसभामा निर्वाचित हुनेमा कांग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्रबाट विजयी भएका छन् । त्यसैगरी स्वतन्त्रबाट निर्वाचित राजीव गुरुङले प्रवेश एकीकृत समाजवादीमा प्रवेश गरेपछि उक्त पार्टीको एक जना सांसद छन् । स्वतन्त्र निर्वाचित गुरुङले एकीकृत समाजवादी पार्टी प्रवेश गरेको आधिकारिक जानकारी भने संसदमा गराएका छैनन् ।

प्रदेश संसदमा सबैभन्दा धेरै प्रतिनिधित्व गर्ने कास्की र बागलुुङ छन् । यी दुुई जिल्लामा प्रत्यक्ष र समानुपातिक गरी तीनवटा पार्टीबाट ११–११ जना सांसद विजयी भएका छन् । कास्की जिल्लाबाट भने ८ जना नेकपा एमालेका छन् भने नेपाली कांग्रेसका ३ जना सांसद प्रदेशसभामा हुुनेछन् ।

बागलुङबाट प्रत्यक्षमा चार जना सांसद आउँदा समानुपातिकमा सात जना आएका छन् । एमालेका ४ जना, कांग्रेसका २ जना र माओवादी केन्द्रका एक जना समानुपातिक सांसद बनेका छन् । बाग्लुङमा प्रत्यक्षका चारवटा सिट गठबन्धनको बलमा कांग्रेसले हात पारेको छ ।

कास्की र बागलुङको सांसद प्रतिनिधित्व बराबर भए पनि बागलुङ अगाडि देखिन्छ । कास्कीमा प्रत्यक्षका सिट नै छवटा छन् भने समानुुपातिकबाट पाँच जना सांसद बनेका छन् । तर, प्रत्यक्षमा चार सिट भएको बागलुुङले समानुपातिकमा सात सांसद हात पारेको छ ।

बागलुुङमा एमाले निकै कमजोर उपस्थिति रहेको छ । त्यहाँ प्रत्यक्षमा एमालेले एक सिट नजितेकोमा समानुुपातिकका चार क्लस्टरबाट चार जना सांसद बनाको छ । यसरी हेर्दा मुुस्ताङ र मनाङको प्रतिनिधित्व सबैभन्दा कम उपस्थिति हुने देखिन्छ । यी दुुई जिल्लामा प्रत्यक्षमा २÷२ जना प्रत्यक्ष निर्वाचित भएका छन् भने दुुवै जिल्लामा समानुुपातिकबाट सांसद परेनन् । तनहुुँ समानुुपातिकमा एक जना एक जना पनि सांसद नरेको जिल्ला हो । यहाँबाट चार जनाले प्रत्यक्षमा चार सिट छन् ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ११ : ४१ बजे