बैशाख १२, २०८१ बुधबार Thu Apr 25 2024

नगरपालिकाको ८औं राष्ट्रिय अधिवेशन काठमाडौंमा सम्पन्न



काठमाडौं । नेपाल नगरपालिका संघको ८ औं राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । काठमाडौंमा सम्पन्न राष्ट्रिय अधिवेशनमा २ सय ९३ नगरपालिकाका जनप्रतिनिधिहरुले भाग लिएका थिए । सम्पन्न राष्ट्रिय अधिवेशनले आगामी ५ वर्षको लागि ५० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

उक्त नगरपालिका राष्ट्रिय अधिवेशन यही पुस ६ गते काठमाडौंमा सम्पन्न थियो । अधिवेशनमा देशभरका २ सय ९३ नगरपालिकाहरुले आगामी ५ वर्षमा गर्नुपर्ने कार्यसम्पादनका बारेमा पनि चर्चा गरिएको थियो ।

अधिवेशनले बागमती प्रदेश धादिङ जिल्लाअन्तर्गत निलकण्ठ नगरपालिका प्रमुख भीमप्रसाद ढुंगानाको अध्यक्षमा ५० जना कार्यसमिति चयन गरेको हो । ढुंगाना नेपाली कांग्रेसको तर्फबाट धादिङको निलकण्ठ नगरपालिका प्रमुख निर्वाचित छन् ।

अधिवेशनमा गाउँपालिकाको जस्तै नगरपालिका राष्ट्रिय संघको पनि अध्यक्षदेखि अन्य पदाधिकारीहरु दलीय भागबन्डाको आधारमा कार्यसमिति चयन गरिएको छ । निर्वाचित कार्यसमितिमा पदाधिकारीदेखि सदस्यसम्मको नाम यस प्रकार छन् :

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ३ : १९ बजे