श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

शुशीला बनिन् नगरपालिका संघको केन्द्रीय सदस्यसहित महिला विभाग प्रमुख



काठमाडौं । शुशीला शाही नेपाल नगरपालिका राष्ट्रिय अधिवेशन केन्द्रीय सदस्यसहित महिला विभाग प्रमुखमा निर्वाचित भएकी छिन् । उनी कैलाली जिल्लाको लम्किचुहा नगरपालिका प्रमुख हुन् ।

शाही संघको आठौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यसहित महिला विभाग प्रमुख छानिएकी हुन् । स्थानीय तहको निर्वाचन भएपछि पालिकामा जित हासिल गरेको पार्टीको संख्या अनुसार संघमा दलगत पदीय भागबन्डा गरिएको थियो ।
त्यसमा उनी नेपाली कांग्रेसबाट निर्वाचित हुन् ।

त्यसैगरी बाँकेको कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रशाद आचार्य पनि कांग्रेसबाटै केन्द्रीय नगरपालिका संघको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उता अछामको मंगलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहरा एमालेको भागबाट केन्द्रीय सदस्य चयन भएका छन् ।

देशैभर गरी २ सय ९३ नगरपालिकाका प्रतिनिधिबाट ५ वर्षको लागि नयाँ कार्यसमिति चयन भएको हो । धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुंगाना अध्यक्षमा निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  १० : ३७ बजे