चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

सर्वदलीय बैठक बस्दै



काठमाडौं । आज सर्वदलीय बैठक बस्दैछ । आज दिउँसो १२ बजे प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा सर्वदलीय बैठक बस्ने भएको हो ।

बुधबार राष्ट्रपति विद्या देवि भण्डारीसमक्ष प्रतिनिधि सभाका ज्येष्ठ सदस्यको सपथ लिएका रानाले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरुको शपथअघि सर्वदलीय बैठक बोलाएका हुन् ।

सांसदहरुको शपथग्रहण प्रक्रिया लगायत बैठक बस्नुपूर्व तयारीका सम्बन्धमा बैठक बस्ने संघीय संसद सचिवालयले जनाएको छ । संसदको नियमित बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने गरेपनि आजको बैठक त्यो रुपमा नहुने केवल शपथको बैठक सञ्चालनको बारेमा मात्र केन्द्रित हुने सचिवालयको भनाई छ ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दलबाट एक एक जना प्रतिनिधि र ५ स्वतन्त्र सांसदहरु सहभागी हुनेछन् । सर्वदलीय बैठकमा दलका प्रतिनिधि, सभाका अध्यक्ष राणा, संसद सचिवालयमा महासचिव डा। भरतराज गौतम लगायत सहभागी हुनेछन् । बैठकपछि दिउँसो १ बजेका लागि शपथ ग्रहणको कार्यक्रम राखिएको छ ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ९ : ४० बजे