चैत्र १०, २०७९ शुक्रबार Fri Mar 24 2023

शुशीला शाही महिला बिभाग प्रमुख सहित केन्द्रीय सदस्यमा निर्वाचित



काठमाडौं । लम्किचुहा नगरपालिका प्रमुख शुशीला शाही महिला बिभाग प्रमुख सहित केन्द्रीय सदस्यमा निर्वाचित भएकी छिन् । उनी नेपाल नगरपालिका संघको केन्द्रीय सदस्य तथा महिला बिभाग प्रमुखमा चयन भएकी छिन्।

शाही संघको आठौं महाधिवेशनबाट नगर प्रमुख शाही केन्द्रीय सदस्यमा चयन भएकी हुन् । स्थानीय तहको निर्वाचन भएपछि पालिकामा जित हासिल गरेको पार्टीको संख्या अनुसार संघको भागवण्डा भएको थियो ।

उनी नेपाली काङ्ग्रेस बाट निर्वाचित हुन। कोहलपुर नगरपालिका का प्रमुख पूर्णप्रशाद आचार्य पनि काङ्ग्रेस कै कोटा बाट केन्द्रीय सदस्य भएका छन् भने मंगलसेन नगरपालिका अछाम नगर प्रमुख पदम बहादुर बोहरा एमाले को कोटा बाट केन्द्रीय सदस्य भएका छन् ।

देशभरिका २ सय ९३ नगरपालिकाका जननिर्वाचित प्रतिनिधिबाट ५ वर्षको लागि नयाँ कार्यसमिति चयन भएको हो । अध्यक्षमा धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुंगाना चयन भएका छन् ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ९ : ३५ बजे