चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

मातृभाषामा शपथ लिने सांसदहरुले ३ दिन अगाडि संसद सचिवालयमा सूचना दिनुपर्ने



काठमाडौं । मातृभाषामा शपथ लिने सांसदहरुले पहिला संसद सचिवालयमा सूचना दिनुपर्ने छ । संघीय संसद सचिवालयका अनुसार केही दिनको समय राखेर शपथको मिति तय गरिँदैछ ।

मातृभाषामा शपथ लिने सांसदहरुले ३ दिन अगावै सूचना दिनुपर्ने अभ्यास छ । यही अभ्यास अनुसार सूचना दिने समय कम्तिमा तीन दिन राखेर शपथको मिति तय गर्न लागिएको हो ।

संसद सचिवालयले यही पुस ६ वा ७ गते शपथ ग्रहणको कार्यक्रम राख्ने तयारी गरेको छ । त्यसभन्दा अगावै निर्वाचित २७५ सदस्यमध्ये सबैभन्दा जेष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ लिनुपर्छ । जेष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ लिएर अन्य सांसदहरुलाई शपथ खुवाउँछन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । त्यस अनुसार यही पुस १० गतेभित्र सरकार बन्नेछ । नयाँ सरकार बन्नु अगावै संसद सचिवालयले सांसदहरुको शपथ ग्रहणको कार्यक्रम राख्न लागेको छ ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  २ : ४९ बजे