१२ जेष्ठ २०८३, मंगलबार Tue May 26 2026

सम्पन्न विश्वकप, कुन खेलाडीले के अवार्ड जिते ?



काठमाडौं।विश्वकपको उपाधि जितेको अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले गोल्डेन बल हात पारेका छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्दै उनले यो अवार्ड हात पारेका हुन्।

त्यसैगरी विश्वकपमा आठ गोल गर्दै केलियन एम्बाप्पेले गोल्डन बुट जितेका छन्। अर्जेन्टिनासँगको फाइनल खेलमा उनले ह्याट्रिकसमेत गरेका छन्। एम्बाप्पेको टिम फ्रान्स उपविजेता बनेको छ।

उत्कृष्ट गोलकिपरलाई दिइने गोल्डेन ग्लोभ्सको उपाधि अर्जेन्टिनाका एमी मार्टिनेजले जिते। उनले फाइनलमा फ्रान्सका दुईवटा पेनाल्टी रोक्नुका साथै खेल अवधिमा फ्रान्सका थुप्रै प्रयास विफल बनाएका थिए।

यसैगरी, अर्जेन्टिनाकै २१ वर्षीय इन्जो फर्नान्डेज सर्वोत्कृष्ट युवा खेलाडी घोषित भए।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  १० : ०७ बजे