४ बैशाख २०८३, शुक्रबार Sat Apr 18 2026

संसदीय दलको नेता चयन गर्दै रास्वपा



काठमाडौं। संसदको नवप्रवेशी राष्ट्रिय स्वतन्त्र पार्टीले सोमबार संसदीय दलको नेता चयन गर्दैछ ।

केही बेरमा बुढानीलकण्ठस्थित एक होटलमा बस्ने बैठकले सांसदलाई प्रशिक्षण दिनुका साथै संसदीय दलको नेता चयन गर्ने प्रवक्ता डा।मुकुल ढकालले जानकारी दिए।

ढकालले प्रारम्भिक चुनावमा सभापति रवि लामिछाने विजयी भएकाले उनलाई नै दलको नेता चयन गर्ने जानकारी दिए। केन्द्रीय समिति बैठकले प्रारम्भिक चुनावकै आधारमा दलको नेता चयन गर्न निर्देशन दिएको भन्दै ढकालले सोही बमोजिम संसदीय दलले निर्णय गर्ने जानकारी दिए।

स्वतन्त्र पार्टीबाट प्रत्यक्ष चुनाव जितेका ७ र समानुपातिकबाट १३ गरी २० सांसद प्रतिनिधिसभामा पहिलोपटक प्रवेश गर्दैछन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सरकार गठनको आह्वान गरेसँगै दलहरू संसदीय दलको नेता चयनको तयारीमा जुटेका छन्।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  १० : ०४ बजे