बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

बालअधिकारसम्बन्धी संस्था लूः निभाले मनायो २५ औं रजत जयन्ती



काठमाडौं । बालअधिकारको क्षेत्रमा आवाज उठाउँदै आएको गैरसरकारी संस्था लूः निभाले स्थापनाको २५ औं रजत जयन्ती मनाएको छ । संस्थाले काठमाडौंस्थित राष्ट्रियसभा गृहमा शनिबार विशेष कार्यक्रमका साथ लूः भिनाले २२५ औं रजत जयन्ती मनाइएको हो ।

२५ वर्षअघि ललितपुरको खोकनामा बाल क्लवका रुपमा यो संस्थाले आफ्नो यात्रा सुरु गरेको थियो । अहिले यो राष्ट्रिय अभियानको रुपमा स्थापित भइसेको छ । खोकनामा शिक्षाको चेतना जगाउने अभिप्रायले गठन गरिएको एउटा बाल क्लव अहिले देशकै पिछडिएका र जोखिम परिस्थितिमा रहेका बालबालिकाका हक र अधिकार संरक्षण र सम्बद्र्धनका लागि उद्यत छ । बालबालिकाका लागि बालबालिकाद्वारा सञ्चालित यस लू निभाः बाल सरोकार समूह आफ्नो बाल क्लवदेखि राष्ट्रिय अभियानसम्मको यात्रामा यो संस्थाले धेरै सफलता पाएको छ ।

नेपालकै इतिहासमा पहिलोपटक मानवअधिकारकर्मीहरु, नागरिक समाजका प्रतिनिधिहरु, शिक्षक तथा बालबालिका एकै ठाउँमा बसेर बालबालिकाका सवालहरुमा नागरिक संवाद सञ्चालन गर्नु आफैँमा ऐतिहासिक रहेको छ । कार्यक्रममा बालबालिकाको हक, अधिकारको संरक्षण र विकासको अवस्था आशातित सुधार ल्याउनका लागि नेपाल सरकारदेखि सबै सरोकारवालाहरु अझै जिम्मेवारी ढंगले प्रस्तुत हुनुपर्ने निष्कर्ष निकालिएको थियो ।

रजत जयन्ती कै उपलक्ष्यमा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा रक्तदान कार्यक्रम पनि सम्पन्न गरिएको छ । बालबालिकालाई अतिरिक्त विषयका सम्वन्धमा अन्वेषणका लागि प्रेरित गरी सो विषयसँग संलग्नता हासिल गर्न सहयोग गर्ने उद्देश्यका साथ ललितपुरका महाङ्काल गाउपालिका, कोन्ज्योसोम गाउपालिका र गोदावरी नगरपालिकासँगको सहकार्यमा पालिकास्तरीय निबन्ध प्रतियोगिता पनि सञ्चालन गरिएको थियो ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वनामा भएका क्रमशः कोन्ज्योसोमबाट अमृता श्रेष्ठ, स्वीकृति चौलागाई, आशिष स्याङ्तान र विजय तामाङ र महाङ्काल गाउपालिकाबाट सुजता तिमल्सिना, सुविध्या फुयाल, यसोधा घिमिरे र सर्गम घिमिरे लाई सम्मान गरिएको छ ।

]त्यस्तैगरी ललितपुर महानगरपालिकाको वडा नं।१८, २१, २२ र २५ सँगको सहकार्यमा चित्रकला प्रतियोगितामा पनि सम्पन्न गरेको थियो । सो प्रतियोगितामा सफल हुने विद्यार्थीहरुमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका क्रमशः ऋतिका सुनुवार, अमिषा कुमारी, देवी थापा र रिश्वम तुलाधरलाई सम्मान गरिएको छ ।

शनिबार राष्ट्रियसभा गृहमा राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यतामा तथा वशेष अतिथिका रुपमा वरिष्ठ समाजसेवी राधिका शाक्य र वरिष्ठ हाँस्य कलाकार एवं समाजसेवी मदन कृष्ण श्रेष्ठलगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनाले समाज रुपान्तरणका लागि बालबालिकामा लगानि बढाउनुपर्ने आवश्यकता आँैल्याउदैँ आजका बालबालिका नै भोलि देशको भविष्य भएकोले बालबालिकाको अधिकार संरक्षण र सम्बद्र्धनका लागि राज्य पूर्ण रुपमा जिम्मेवार हुनुपर्ने बताए । सबै खाले बालबालिकाहरुले अहिले पनि आफ्नो अधिकार प्राप्त गर्न नसकिरहेको अवस्था सबै जना उत्तिकै जिम्मेवार भएर लाग्नुपर्ने पनि उनको भनाइ छ । बालबालिकाको अधिकार रक्षाका लागि आवश्यक ऐन कानुन बनाउन पनि तत्पर हुनुपर्ने उनको भनाइ छ ।

वरिष्ठ मानवअधिकारकर्मी तथा लू निभाःका प्रमुख सल्लाहकार गौरी प्रधानले नेपालमा बालअधिकारको अभियान सुसुप्त अवस्थावाट जागरुक अवस्थामा आइसकेको उल्लेख गरे । उनले अहिले देश समृद्ध बनाउने अभियानमा लागिरहेको अवस्थामा बालबालिकालाई पनि उत्तिकै ध्यान दिनुपर्ने बताए । उनले भने, ‘राज्य सफल हुनु छ भने बालबालिकाका लागि लगानी गर्नुपर्छ ।’

कार्यक्रममा ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जन, उप–प्रमुख मन्जली शाक्य, गोदावरी नगरपालिका ललितपुरका नगर प्रमुख गजेन्द्र महर्जन तथा उप–प्रमुख मुना अधिकारी, कोन्ज्योसोम गाउपालिकाका अध्यक्ष कृष्णमान लामा तथा उपाध्यक्ष राजन प्रसाद घिमिरे तथा ती पालिकाहरुका वडा अध्यक्षहरु अतिथिका रुपमा उपस्थिति रहेको थियो । कार्यक्रममा उपत्यकाका विद्यालयका प्रअहरु, शिक्षक, बालबालिका तथा शिक्षा क्षेत्रमा काम गर्ने विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैससका प्रमुख तथा प्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधिहरु र प्रत्रकारहरु गरि जम्मा ५२५ जनाको सहभागिता रह्यो । लू निभाः का कार्यकारी निर्देशक नरेन्द्र डंगोलले लू निभाःको २५ वर्षको उपलब्धी र भावी कार्यदिशाबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ७ : ०८ बजे