बैशाख १३, २०८१ बिहिबार Fri Apr 26 2024

सरकारमा सहभागी हुने/नहुनेबारे निर्णय गर्न जसपाले बोलायो बैठक



काठमाडौं । नयाँ सरकारमा सहभागी हुने नहुनेबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) ले राजनीतिक समितिको बैठक बोलाएको छ।

पार्टी कार्यालय बालकुमारीमा पुस १८ र १९ गतेका लागि बैठक बोलाएको हो। बैठकमा सरकारमा सहभागी हुने नहुने, विधान अधिवेशन, प्रतिनिधि र प्रदेशसभा निर्वाचन समीक्षाबारे छलफल हुने जसपाका नेता मनीष सुमनले जानकारी दिए।

उनका अनुसार बैठकमा पार्टी संगठन तथा आगामी कार्यदिशा बारेमासमेत छलफल चलाइने छ। जसपाले प्रतिनिधिसमा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ५ गरी १२ सिट पाएको छ। त्यस्तै, प्रदेश १ मा पनि जसपा सरकार बनाउन निर्णायक भूमिकामा रहेको छ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ५ : १२ बजे