चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा सुधार



काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ को स्वास्थ्यमा सुधार आएको छ । चीनमा उपचाररत पुनको स्वास्थ्य सुधार आएसँगै उनी एक साताभित्र नेपाल फर्किने तयारी रहेको पारिवारिक स्रोतले जनाएको छ ।

सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा मंसिर २२ बाट नेता पुन उपचाररत छन् । चौथौ लहरको कोरोना महामारीका कारण चीनभर कडा लकडाउनले गर्दा क्वारेन्टिनमा उनको उपचार थालिएको थियो ।

पूर्वअर्थ र ऊर्जामन्त्रीसमेत रहेका पुन लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित छन् ।

चुनावी धेपेडीका कारण रोग बल्झिएपछि उनी नेपाली चिकित्सकहरूको परामर्शमा मंसिर तेस्रो साता दुबई, ग्वान्झाओ हॅुदै सेन्जेन प्रस्थान गरेका थिए । पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भनिन्छ ।

पुनसँगै पत्नी पूर्वसभामुख ओनसरी घर्ती पनि चीन गएकी छन् ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ५ : ०० बजे