चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

देशमा विदेशी लगानी भित्र्याउन स्थिर सरकार आवश्यक छ : दिपक मलहोत्रा



काठमाडौं । नेपाल चेम्बर अफ कर्मसका उपाध्यक्ष दिपक मलहोत्राले देशमा विदेशी लगानी भित्र्याउन स्थिर सरकार आवश्यक रहेको बताएका छन् । उनले बिहीवार काठमाडौं भएको आईपीडीएफको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

उपाध्यक्ष मलहोत्राले मुलुकमा स्थिर सरकार नहुँदा निजी क्षेत्रले विदेशी लगानी ल्याउने वातावरण नभएको बताएका छन् । उनले पाँच वर्ष अघि स्थिर सरकार बनेर लगानीको वातावरण बन्ने आश गरे पनि सफल हुन नसकेको उल्लेख गरे ।

अन्य देशमा विदेशी लगानी ल्याउन सहज भए पनि नेपालमा विदेशी लगानी ल्याउन समस्या भएको दुखोसो मलहोत्राको छ । उनले अब बन्ने सरकारले विदेशमा गएको युवा जनशक्तिलाई नेपालमा कसरी फर्काउने र उद्योगधन्दा बढाएर रोजगारी कसरी दिने भन्ने विषयमा ध्यान दिनुपर्ने बताए ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  ९ : ३९ बजे